झापा, माघ २ । झापाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले अवैध काठ र माछा बरामद गरेको छ ।


आईतबार दिउँसो १२ः०० बजेको समयमा बुद्धशान्ति गाउँपालिका वडा नं. १ स्थित दामा खोलामा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले बेवारिसे अवस्थामा रहेको सखुवा जातको गोलिया काठ अन्दाजी ४७ कि.बि. फेला पारी रोङ सव डिभिजन वन कार्यालय इलामलाई बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी झापाकै गौरादह नगरपालिका वडा नं. ३ सहिद गेट अगाडी आईतबार बिहान ८ः०० बजे मे १ च ३६३२ नं. को छोटा हात्ती गाडीमा भारतबाट अवैध रुपमा लुकाई छिपाई भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको अन्दाजी मूल्य रु एक लाख बयानब्बे हजार बराबरको १६ कार्टुन (६४० के.जी.) माछा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । ईलाका प्रहरी कार्यालय गौरादहमा राखी उक्त माछालाई आईतबार दिउँसो १२ः०० बजे स्थानीय भद्र भलादमी, बुद्धिजीवि, पत्रकार, जनप्रतिनिधि तथा ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षकको रोहबरमा खाल्डो खनि नष्ट गरिएको डिएसपी बसन्त पाठकले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्