झापा , माघ ४ । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं २ तेम्बेमा दोभान ताप्लेजुङ सडक खण्डमा आज बिहान राती भएको सवारी दुर्घटनामा चारजना घाईते भएका छन् ।

सदरमुकामबाट साघुँ तर्फ जादै गरेको मे १ ज ३२६५ नम्बरको म्याक्स गाडी बिहान करिब पौने २ बजे सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको हो । गाडीमा चालकसहित ११ जना सवार थिए । उनीहरु मध्ये ताप्लेजुङ मैवाखोला गा.पा. ३ साँघपाटीका १६ बर्षिय नबराज लिम्बु , १९ बर्षिय सन्तोष पतङवा १५ बर्षिय बिजय टुडु र फक्ताुङलुङ गा.पा. २ खेजेनिमका २४ बर्षिय पुर्ण काङबाङ घाईते भएका हुँन । उनीहरुको स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको टाफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्