पथरीशनिश्चरे , फागुन १ । मोरङको पथरीशनिश्चरे नगरमा रहेको लर्डबुद्ध साकोसले आज दुईजना सेवाग्राहीलाई पुरस्कृत गरेको छ ।

उनीहरू दुवै जना विजयी भएको जानकारी संस्थाले आफ्नै फेसबुक पेजमार्फत् लक्की ड्र कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेर सार्वजनिक गरेको हो ।
“जति धेरै मनी ट्रान्सफर कारोवार,उति नै धेरै पुरस्कृत हुन सक्ने अवसर” नाराका साथ शुभारम्भ भएको सो कार्यक्रमअन्तर्गत २०७८ माघ महिनाभरि ५ सय ९२ जना सेवाग्राहीले रेमिट कारोबार गरेका थिए । तिनीहरूमध्यें लक्की ड्र मार्फत माघ महिनाका लागि संस्थाको किर्तिपुर सेवाकेन्द्रबाट रेमिट्यान्स कारोबार गर्ने किर्तिपुर निवासी चन्द्रकला कोइराला र पथरीशनिश्चरे–२ स्थित बुद्ध चोकमा अवस्थित साकोसकै अफिसबाट रेमिट कारोबार गर्ने वडा नं–२ की विमला तामाङले पुरस्कार प्राप्त गरेका छन् ।
पथरीशनिश्चरे–२ बुद्ध चोकस्थित मुख्य कार्यालय रहेको उक्त साकोसले हाल किर्तिपुर सेवाकेन्द्र र संस्करण सेवाकेन्द्र पुलचौकमा समेत विप्रेषण सेवा ( रेमिट कारोबार ) संचालन गरिरहेको लर्ड बुद्ध साकोसका प्रमुख कार्यकारी अधिकृत तथा व्यवस्थापक गणेशकुमार वाञ्छनाले बताए ।संस्थाले विजेता दुवैजनालाई आकर्षक उपहार प्रदान गरिने जनाएको छ ।