बिर्तामोड , फागुन १३ । बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित प्रगतीनगर शंखरवाडी टोल जाने सडक मापदण्डविपरीत कालोपत्रे गरेको भन्दै भत्काइएको छ ।

शुक्रवार नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले ग्रेडर लगाएर उक्त सडक भत्काउन लगाएका हुन् ।इन्जिनियर,प्राविधिकसहित सडकमा पुगेका नगरप्रमुख शिवाकोटीले ठेकेदार कम्पनीले कमसल सामग्री प्रयोग गरेर कालोपत्रेको नाममा झारो टारेको भन्दै सडक भत्काउन लगाएका हुन् । गुणस्तरहीन कालोपत्रे गरेका कारण बाध्य भएर सडक जोत्नु परेको उनले बताए ।

नगरप्रमुख शिवाकोटीले गुणस्तरीय सडक निर्माण गर्न नसक्ने ठेकेदारहरुले बिर्तामोडमा ठेक्का नहाल्न समेत आग्रह गरे । मापदण्डविपरीत काम गर्नेहरुलाई बिर्तामोड नगरपालिकाले छुट नदिने भन्दै उनले सचेत रहन जोड दिए । नगरपालिकाबाट २५० मिटर लम्बाई,२० फुट चौडाइको यो सडक कालोपत्रे गर्नका लागि इलामको सिद्विथुम्का निर्माण सेवा.प्रा.लिले १३ लाख ८५ हजार ३१२ रुपैयाँमा गत असार २ गते ठेक्का पाएको थियो । ठेक्का सम्झौताअनुसार योजना सम्पन्न गर्नका लागि २०७९ असार २ गते सम्मको लागि म्याद रहेको छ । गुणस्तरहीन कालोपत्रे भत्काएपछि स्थानीय खुशी भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्