झापा , फागुन १९ । सुपारी खेतीमा विद्यावारिधि गरेका डा. शरणकुमार रिजालले ‘नेपालमा सुपारी खेती तथा उद्योग’ नामक कृति प्रकाशित गरेका छन् ।

सुपारी खेतीका बारेमा नेपाली भाषामा लेखिएको यो नै पहिलो कृति हो । नेपाली मूलका भारतीय रिजालले प्रकाशित गरेको यो पुस्तकको बुधवार धुलावारीमा एक समारोहबीच मेचीनगरका नगरप्रमुख बिमल आचार्यले लोकार्पण गरे । सुपारी जोन समिति झापाका अध्यक्ष निलकण्ठ तिवारी प्रकाशक रहेको सो पुस्तकको लोकार्पण समारोहमा कृतिको समीक्षा साहित्यकार तथा शिक्षक ज्ञानेन्द्र ढुंगानाले गरेका थिए । ११८ पृष्ठको सो पुस्तकमा सुपारी खेती तथा उद्योगका विषयमा महत्वपूणर् वणर्न गरिएको समीक्षक ढुंगानाले बताए । स्वागत मन्तब्य मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले गरेका थिए । कार्यक्रममा मेचीनगरकी उपप्रमुख मीना उप्रेती, कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, उपभोक्ता जागरण अभियानका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली, कृषि ज्ञान केन्द्र झापाका विज्ञ शालिकराम भट्टराई, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्राविधिक रविन निरौला लगायतको उपस्थिति रहेको थियो । नेपाल सुपारी खेती विकास संस्थाका संस्थापक अध्यक्ष दुर्गालाल श्रेष्ठले कार्यक्रमको सभापतित्व गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्