झापा , फागुन २१ । पाँचौँ अन्तरपालिका कर्मचारी स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकाले जितेको छ ।

शनिवार भएको फाइनल खेलमा बिर्तामोड नगरपालिकाले भद्रपुर नगरपालिकालाई ५ –१ गोलले पराजित गरी उपाधि जितेको हो । उपाधिसंगै बिर्तामोड नगरपालिकाले ५५ हजार नगद र शिल्ड जितेको छ । उपविजेता भद्रपुरले ३५ हजार पुरस्कारमा चित्त बुझाएको छ ।

प्रतियोगितामा बिर्तामोडका इन्जिनियर प्रभास थापा मगर बेष्ट प्लेयर , अर्का इन्जिनियर डिल्ली गौतम बेष्ट डिफेन्डर , बेष्ट गोलकिप्पर बिर्तामोडका विप्लव मगर , बेष्ट डिफेन्डर बिर्तामोडका चुनु सोरेन भएका छन् । शिवसताक्षी नगरपालिकाको आयोजनामा शिबसताक्षी नगरपालिकाको खेलमैदानमा सो प्रतियोगिता संचालन गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्