कुमरखोद, फागुन २५ । झापा गाउँपालिकाको एक घरमा आगलागी हुँदा ३० लाख बराबरको क्षति भएको छ ।

झापा गाउँपालिका वडा नं. १ सितुमारी बस्ने ठाकुरप्रसाद रिजालको घरमा आगलागी भएको हो । मंगलवार साँझ ७ बजे नजिकै रहेको भान्सा घरमा खाना खाईरहेको समयमा अचानक आगलागी हुँदा घरभित्रको कुनै पनि सामान निकाल्न नसकिएको रिजालले बताए ।

आगलागीबाट टिनको छानो भएको काठको भुइतले घर , नगद र जिन्सी सामान सम्पूर्ण जलेर नष्ट भएको छ । आगलागी हुँदा करिव ३० लाख बराबरको क्षति भएको झापा गाउँपालिकाको १ नं. वडा कार्यालयले जनाएको छ । विद्युत सर्टका कारण आगलागी भएको अनुमान गरिएको छ । आगलागी नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीयवासी मिलेर नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कुमरखोदका सई रत्नबहादुर श्रेष्ठले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्