झापा , चैत २७ । नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन फारम अझै एक महिना नखुल्ने भएको छ ।

फारम भरेर परीक्षा लिएकाहरूको ट्रायल गरेपछि मात्रै नयाँ फारम खोल्ने तयारी गरिएको हो । यातायात व्यवस्था विभागका अनुसार अब जेठ १ गतेदेखि नयाँ आवेदन खोल्ने तयारी छ । त्यसअघि अहिलेसम्म परीक्षा गरिएकाको ट्रायल सक्ने योजना छ । परीक्षामा उत्तिणर् भइसकेकाहरूकै लाइसेन्स दिन विभागले ढिलाइ गरिरहेको छ । नयाँ लाइसेन्सका लागि करिब ६ लाखले आवेदन दिएका थिए । यो संख्या कम भएपछि मात्रै विभागले नयाँ आवेदन खुला गर्नेछ । पुराना आवेदनका परीक्षार्थीका परीक्षा सकेपछि नयाँ आवेदन खोल्ने र एक साताभित्रै परीक्षा लिने व्यवस्था मिलाउने विभागको भनाइ छ । विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार गत चैत १ गतेदेखि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्