झापा, चैत २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनका लागि दमक नगरपालिकामा राम थापालाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।

शनिबार दमकमा आयोजित पार्टीको आमसभामा थापाले उम्मेदवारी घोषणा गरेका हुन्। राप्रपाको प्रदेश १ अध्यक्ष थापा दमक नगरपालिकाका पूर्व प्रमुख पनि हुन्।
उनी दमकका लोकप्रिय राजनीतिक र सामाजिक व्यक्तित्वको रुपमा परिचित छन्। झापामा राप्रपाको संगठन प्रभावकारी छ । झापा क्षेत्र नं ३ मा राप्रपाले प्रतिनिधिसभाको निर्वाचन जितेको थियो। पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेको सहयकार्यमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए।
प्रदेश–१ संसदमा पनि राप्रपाको प्रतिनिधित्व छ । झापामै २०७४ को स्थानीय तह निर्वाचनमा कचनकवल, हल्दिबारी र गौरीगञ्ज गाउँपालिकामा राप्रपा विजयी भएको थियो।

त्यस्तै राप्रपाबाट भद्रपुर नगरपालिकाको मेयरमा नवराज पनेरू राजु उठ्ने भएका छन् । उपमेयरमा भने उपमेयरमा राधा कार्कीले उम्मेद्वारी दिने भएकी छन् । त्यस्तै भद्रपुर वडा नं ७ बाट अभिषेक ढुंगाना वडाध्यक्षमा उठ्ने भएका छन् भने
वडा सदस्यमा कविन्द्रप्रकाश दाहाल, निर्मल राजवंशी, सुरिला राजवंशी र कल्पना विश्वकर्मालाई सिफारिस गर्ने निर्णय गरिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्