काँकडभिट्टा, बैशाख ५ । विराट वारियर्स र सनराइज काँकडभिट्टा ‘रसोइ झापा सुपर लिग’ क्रिकेट प्रतियोगितामा विजयी भएका छन्।

सोमवारको निकै रोमाञ्चक खेलमा यी दुई टोली विजयी बनेका हुन् ।
पहिलो खेलमा विराटले धुलावारी टाइगरलाई १८ रन पराजित गरेको थियो । दोस्रो खेलमा बोस्टर्न ब्लाष्टरलाई सनराइजले ६ विकेटले हराउदै ४ अंक जोडेको छ ।

विराटले २० ओभरमा ८ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो विवेक यादवले ३५ वल खेलेर ८१ रन बनाएका थिए । अंकित सुवेदीले ४७, सोनु अन्सारीले २५ र सिद्धान्त लोहनीले २१ रनको योगदान दिएको विराटका टिम कोच हितेश श्रेष्ठले बताए ।

बलिङमा गुल्सन झा, ज्ञानेन्द्र श्रेष्ठ र दिपेश कँडेलले १÷१ विकेट लिए । विराटले दिएको लक्ष्य पुरा गर्न मैदान आएको धुलावारी सबै विकेट गुमाएर १ सय ९१ रनमा समेटियो । धुलावारीका लागि गुल्सन झाले सर्वाधिक ४९ तथा मुकुन्द यादवले २७ र सुजन थपलियाले २३ रन जोडे । बलिङमा अंकित सुवेदीले ३ तथा अनिस लुइटेलले २ विकेट झारे । विजेता टोलीका विवेक प्लेयर अफ दि सिरिज बने ।

दोस्रो रोमाञ्चक खेलमा सनराइज सामु वोस्र्टन ६ विकेटले पराजित बन्यो । बोस्टर्नले २० ओभरमा ४ विकेट मात्रै गुमाउ“दै १ सय ९० रनको योगफल बनायो । करणको ७६ रनबाहेक दिपु भुजेलले ३९ र विधान गोश्वामीले ३२ रन जोडे ।
बलिङमा सनराइजका फिरदोज अन्सारीले २ तथा कमल खत्री र शुभांकर उरावले १÷१ विकेट लिए ।बोस्र्टनको शानदार योगफललाई सनराइजले १९ दशमलव ४ वलमा ४ विकेटको क्षति व्यहोर्दै जित निकाल्यो । सन्दिप ढुंगानाले ७८ रनको योगदान दिए । उनी प्लेयर अफ दि म्याच पनि बने ।

प्रतियोगिताको मुख्य प्रायोजक रसोइ तोरी तेलका झापा प्रतिनिधि बजरंग गोयलले पुरस्कार प्रदान गरे । भुलाल दंगाल र फिरदोज अंसारी २८÷२८ तथा शुभांकर उरावले २१ रन जोडे ।
वोस्टर्नका वलरहरु विधान गोश्वामी र राहुल पाठकले २÷२ विकेट झारे । मंगलवारको पहिलो खेल भद्रपुर राइजिङ किङ्सका विरुद्ध धुलावारी टाइगर र दोस्रो खेल वोस्टर्न व्लाष्टरविरुद्ध विराट वारियरबीच हुने विराट वारियरका ओनर आकाश उप्रेतीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्