बिर्तामोड , बैशाख ९ । स्थानीय निर्वाचनको तयारीका लागि बिर्तामोड २ का वडा सदस्य किशोर पौडेलले पदबाट राजीनामा दिएका छन् ।

उनले आज नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई राजीनामा बुझाएका हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेका तर्फबाट वडा सदस्य निर्वाचित भएका थिए ।

पौडेललाई आसन्न निर्वाचनका लागि पार्टीले वडा अध्यक्षको उम्मेदवारको रुपमा सिफारिस गरेको छ । स्थानीय तहको निर्वाचनका लागि जनप्रतिनिधिहरुले भटाभट राजीनामा गर्न थालेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्