झापा, बैशाख १५ । सरकारले दुई दिन सार्वजनिक बिदा दिनेगरी गरेको निणर्य मुलुकको अहितमा रहेकाले सो निणर्य सच्चाउनुपर्ने माग प्रशासकले गरेका छन् ।

सरकारको यस्तो निणर्यले दूरदराजमा रहेका सर्वसाधारण सेवाग्राही झनै मर्कामा पर्न सक्ने विश्लेषण प्रशासकको छ । प्रशासन विद्ले दुई दिन बिदा गर्दा सेवा प्रवाह अत्यन्तै कमजोर भएर जाने र त्यसको असर संघीय शासन प्रणालीमा पर्न सक्ने टिप्पणी गरेका छन् । सरकारले आगामी जेठ १ देखि दुई दिन बिदा दिने निणर्य गरेपछि त्यसको सर्वत्र विरोध र आलोचना भएको छ । सरकारको यस्तो निणर्यले सेवा प्रवाहमा गम्भीर असर पर्न सक्ने भन्दै विरोध भएको हो । पूर्व मुख्यसचिव विमल कोइरालाले विना अध्ययन र विश्लेषण दुई दिन बिदा दिने गरी गरिएको निणर्यले परिणाम उल्टो आउन सक्ने बताए । कोइरालाले हचुवामा गरिएको यस्तो व्यवस्थाले परिणाम दिन नसक्ने र यो निणर्य प्रत्युत्पादक हुन सक्ने दाबी गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्