झापा , जेठ २२ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ९० पैसा र बिक्री दर १२४ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै युरो एकको खरिद दर १३३ रुपैयाँ ११ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ ७९ पैसा र बिक्री दर १५६ रुपैयाँ ५४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ९२ पैसा र बिक्री दर ३४ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्