बिर्तामोड , जेठ २६ । बिर्तामोड–४ मा मुख्य कार्यालय रहको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सदस्यको ऋण मिनाह गरेको छ ।

सिम्रिक साकोसले सेवाकेन्द्र पाडाजुँगी अन्तर्गतका कमल गाउँपालिका–३ मा स्थायी बसोबास गर्दै आएका शेयर सदस्य दिपक भुजेलको नाममा रहेको कर्जा १ लाख ४० हजार ९५ रुपैयाँ शेयर सदस्यको मृत्युपश्चात् मिनाह गरेको हो । एक कार्यक्रमका बीच सो कर्जा मिनाह गरेको पत्र संस्थाका संचालक सदस्य नविन योगीको उपस्थितिमा परिवारका सदस्यलाई बुझाएको छ ।

२०७८ माघ २७ गते स्व. भुजेलले ब्यावसायिक प्रयोजनका लागि १ लाख ५५ हजार रुपैया लिएको सेवाकेन्द्र पाडाजुँगीकी प्रमुख देवीमाया योगीले बताइन् । संस्थाको नियमानुसार शेयर सदस्यले लिएको कर्जा सदस्यको मृत्युपश्चात् घरपरिवारलाई आर्थिक अभाव र कर्जा तिर्न समस्या उत्पन्न हुने भएको हुँदा मिनाह गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले बताए । कर्जा मिनाह कार्यक्रममा सेवाकेन्द्र पशुहाट दमकका प्रमुख यज्ञप्रसाद भट्टराई , सेवाकेन्द्र क्याम्पसमोड दमककी प्रमुख लिला खरेल न्यौपाने र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्