झापा , जेठ २७ । सरकारले आजबाट बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट १२ देखि १७ वर्ष समूहका बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिन लागेको हो । पहिलो चरणमा जुन खोप लगाइएको हो , त्यही खोप दोस्रो चरणमा लगाइनेछ । यसअघि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गत पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप दिइएको थियो । मन्त्रालयका अनुसार पहिला खोप सञ्चालन गरेको केन्द्र वा वडा कार्यालयमा सम्पर्क राखेर खोप लगाउन जान सकिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्