कुमरखोद जेठ २९ । झापा गाउँपालिका वडा नं २ झापा बजारस्थित दुर्गा मन्दिर धार्मिक प्रतिष्ठानले झापा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।

प्रतिष्ठानले एक कार्यक्रम गरी जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।
झापा बजारको मुटुमा रहेको अधुरो धर्मशाला निर्माण हेतुले प्रतिष्ठानले चैत महिनाको २८ देखि बैशाख ४ गतेसम्म श्रीमद भागवत महापुराण लगाएको थियो । प्रतिष्ठानले शनिबार आयव्यय सार्वजनिक गरेको छ । प्रतिष्ठानले सार्वजनिक गरेको आयव्यय प्रतिवेदन अनुसार भागवत पुराण लगाएर दाताहरुबाट ३१ लाख ५४ हजार ५७७ रुपैयाँ संकलन भएको छ । पुराणमा दाताहरुबाट नगद २१ लाख ४७ हजार ८ सय रुपैयाँ उठेको र १० लाख ६ हजार ७६७ रुपैयाँ उठ्न बाँकी रहेको छ भने जम्मा खर्च ८ लाख ९४ हजार ९९९ रुपैयाँ रहेको छ । नगद बैंक मौज्दात १२ लाख ५२ हजार ८०१ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिष्ठानका अध्यक्ष राजेन्द्र अग्रवालको अध्यक्षता तथा झापा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष जयनारायण शाहको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष अन्जुदेवी थपलिया , वडा अध्यक्षहरु हिमालकुमार चम्लागाई , सुभासलाल गणेश , महमद ताहिर , नविनकिशोर थापा , सखिचन्द्र ठाकुर , कार्यपालिका सदस्य सागिरथप्रसाद गणेश , दिलिप विश्वकर्मा ,परिषद सदस्य राजकुमार कोच , वावरी परियार , कविता सोरेनलगायतका जनप्रतिनिधिहरुलाई प्रतिष्ठानले सम्मान गरेको थियो । प्रतिष्ठानका सल्लाहकार उत्तमकुमार सुवेदीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव पशुपतिलाल गणेशले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्