बिर्तामोड, असार ४ । बिर्तामोड नगरपालिकाको ५बर्षे आवधिक योजना तयार गरेको छ ।

आवधिक नगरपालिका विकास योजना दीर्घकालीन सोच निर्माण तथा योजना प्राथमिकीकरण कार्यशाला गोष्ठीमा सो योजना तयार गरिएको हो ।
गत बुधबारदेखि प्रदेश प्रशिक्षण केन्द्र कलवलगुडीसंगको साझेदारीमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको कार्यशाला गोष्ठी ५बर्षे आवधिक योजना निर्माण गर्दै शुक्रवार सम्पन्न भएको हो । पाथ–वे नेपाल प्रा.लि इटहरी सुनसरीको प्राविधिक सहयोग रहेको यस गोष्ठीमा नगरप्रमुख,उपप्रमुख प्रमुख प्रशासकीय अधिकृतसहित वडाध्यक्ष,कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । गोष्ठीलाई विषयविज्ञ तारा निरौलाले सहजीकरण गरेका थिए ।
३ दिनसम्म सञ्चालित गोष्ठीमा जनप्रतिनिधि र कर्मचारीको छुट्टाछुट्टै ५ वटा समूह बनाएर विषय वस्तुमा केन्द्रित छलफल गरिएको छ । पूर्वाधार विकास,वन तथा वातावरण विपद व्यवस्थापन,संस्थागत विकास तथा सुशासन,आर्थिक विकास र सामाजिक विकासका विषयमा छलफल गरी आवधिक योजना निर्माण गरिएको हो । गुरुयोजना तर्जुमाको लागि छलफलमा उठेका विषयलाई सुझाव तथा विषयगत योजनाको रुपमा पूर्वाधार विकासतर्फ नगरका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना, वन तथा वातावरण विपद व्यवस्थापनतर्फ राजश्व शाखा प्रमुख पदमराज घिमिरे,संस्थागत विकास तथा सुशासनतर्फ न्यायिक समितिकी उजुरी प्रशासक टिका लामिछाने,आर्थिक विकासतर्फ कृषिशाखा प्रमुख राजेन्द्रप्रसाद कडरिया र सामाजिक विकासतर्फ शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले प्रस्तुत गरेका थिए । दीर्घकालीन सोच,लक्ष्य र उद्धेश्य निर्धारण गर्न बनेको बिर्तामोड नगरपालिकाको ५बर्षे आवधिक योजना यसप्रकार छन् ।
स्वास्थ्य ः
क) चिकित्साशास्त्र अध्ययन गर्न मेडिकल कलेजको स्थापनाको लागि उपयुक्त वातावरण तयार गरी निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ ।
ख) क्यान्सर, किड्नी, आँखा, स्पाइनलकर्ड इन्जुरी,ब्रेन,ग्यास्ट्रोजस्ता सेवा उपलब्ध भएका अस्पतालहरु स्थापना गर्न प्रोत्साहन गरिने छ ।
ग) जेष्ठ नागरिक तथा अपाङ्ग नागरिकहरुलाई नियमितरुपमा स्वास्थ्य परीक्षण तथा उपचारको लागि होमडेलिभरी सेवा सञ्चालन भएको हुनेछ । यसका लागि बिशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य क्रिटिकल केयर एम्वुलेन्स सेवा सञ्चालन गरिनेछ ।
घ) आर्थिकरुपमा पछाडी परेका समुदायको पहुँचमा सबै स्वास्थ्य सेवाहरु पुगेका हुनेछन् ।
ङ) बाल मृत्युदर प्रतिहजारमा २५ जना,शिशु मृत्यृदर जीवित जन्ममा प्रतिहजारमा १४ जना, मातृ मृत्यु दर प्रतिलाखमा १८० मा कायम राख्ने ।
च) बहुक्षेत्रीय पोषणको अवधारणालाई सवै नागरिकसँग आवद्ध गराई स्वस्थ समाज निर्माण गर्ने ।
शिक्षा ः
क) ९० प्रतिशतभन्दा बढी जनसंख्या उच्च शिक्षा हासिल गरेका हुनेछन् ।
ख) ५ वर्षमा माध्यमिक तहसम्मको शिक्षा पूर्णतः निशुल्क हुनेछ ।
ग) प्राविधिक शिक्षा (इन्जिनियर, होटल म्यानेजमेन्ट,पर्यटन, कृषि, पशु, आदि) स्नातकोत्तर तहसम्मको उपलब्ध भएको हुनेछ ।
घ) सबै वालवालिकाहरु आधारभूत माध्यमिक विद्यालय गएका हुनेछन् । आधारभूत तहमा शतप्रतिशत माध्यमिक तहमा ९० प्रतिशत अध्ययन गरेका हुनेछन् ।
खानेपानी ः
८० प्रतिशत नगरवासीले पाइपलाइनबाट तथा बाँकी नागरिकले ट्युवेल प्रयोग गरी आधारभूत तहको स्वच्छ तथा सफा खानेपानी सेवा उपलब्ध गरेका हुनेछन् ।
कृषि ः
कृषि क्षेत्रलाई उन्नत मल बीउ र प्रविधिसहित विकास गर्दै उत्पादन बृद्धि गर्दै लगिने छ । माछा, कुखुराको मासु, अण्डा र तरकारीमा आत्मनिर्भर भएको हुनेछ ।
भू–उपयोग योजनाको निर्माण गरी सो कार्यान्वयन व्यवस्थापन ऐन वनाई लागू गरिने छ ।
भौतिक पूर्वाधार
सडक
क) विद्यमान रहेका सडकहरुको स्तर उन्नति गर्दै युटिलिटी कोरिडरसहितको सडक निर्माण गरिनेछ ।
ख) नयाँ निर्माण हुने सडकमा ड्रेन युटिलिटी कोरिडोरसहितको हुनेछ । भईरहेको सडकको चौबाटोमा ट्राफिक लाइट, आकाशे पुल,जमिनमुनिमा सब–वे निर्माण गरिनेछ ।
ग) सबै सडकमा ५ वर्षभित्र उच्चस्तरीय ग्राभेल गरी सबै सडकको स्तरोन्नति भएको हुनेछ ।
घ) ५ बर्षमा १२५ कि.मि. सडक कालोपत्र तथा पेवर्स लगाएको हुनेछ । २५ कि.मि. पेवर्स तथा १०० कि.मि. कालोपत्र हुने छ ।
ङ) ३ वटा झोलुङ्गे पुल र ४० वटा थप कल्भर्ट पुल निर्माण गरिने छ ।
च) ५ वर्षभित्र सबै घरमा विद्युत सेवा पु¥याएको हुने छ ।
छ) अधुवा खोला घाग्रा खोला, देउनिया खोला कोरिडोर निर्माण गर्न दुई वर्षभित्रमा अध्ययन सम्पन्न गरी डीपीआर तयार गरी सम्वन्धित निकायमा प्रस्ताव पेश गरिनेछ ।
ज) सतह नालासहितको शहरी विकास गुरुयोजना निर्माण गरिने छ ।
झ) नगरपालिकाको नाममा रहेको बुधवारे बजारमा बहुतले पार्किङसहितको सुविधासम्पन्न भवन निर्माण गरिने छ ।
ञ) वडा ७, ८,९ र १०, मा प्राथमिकताको आधारमा भौतिक पूर्वाधारसम्पन्न नमुना बस्ती निर्माण गरिनेछ । साथै उपयुक्त बासस्थान ल्यान्ड पोलिङ प्रोजेक्ट लागु गरिने छ ।
ट) स्थानीय वजार सञ्चालन व्यवस्थापनको लागि कानुनी संरचना निर्माण गरिने छ । भईरहेको कृषि थोक बजारलाई व्यवस्थित गर्दै लगिने छ । वैकल्पिक कृषि बजारको अध्ययन गरिने छ ।
ठ ) यातायात व्यवस्थापन ऐन निर्माण गरिने छ ।
ड) डोमालाल रंगशालालाई प्याराफिटसहित सुविधासम्पन्न रुपमा विकास गरिने छ।
ढ) अन्य खेल मैदानहरुलाई पनि व्यवस्थित गर्दै लगिने छ ।
औद्योगिक विकास
क) वडा नम्बर २ को गोकुल जोशी मार्ग दक्षिण भागलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्दै लगिने छ । औद्योगिक क्षेत्रको पूर्वाधार विकासमा जोड दिइनेछ ।
ख) नयाँ उद्योग स्थापना सञ्चालनमा उपयुक्त कानुनी संरचना निर्माण गरिने छ ।
ग) उद्योगलाई प्रदुषण न्यून गर्न लगाई वातावरणमैत्री वनाइने छ ।
पर्यटन ः
क) विराटपोखर वडा नं. ३, हरियाली सामुदायिक वन वडा नं ६, राम चोक सामुदायिक वन वडा नं. २, बाह्रदशी पोखरी वडा नं. २, सदु पोखरी, मधु पोखरी र तेलगानी पोखरी वडा नं. १०लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै लगिने छ । बिर्तामोडमा फुर्सदको समय व्यतित गर्ने उपयुक्त पार्कको व्यवस्था गरिने छ ।
ख) साङ्गवेद शिवालय वडा नम्बर २ र वडा नम्बर ८ को गरामनी शक्तिपिठलाई धार्मिक, पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनेछ ।
ग) बिर्तामोड १ मा रहेको झापा नाट्यघरलाई बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक संग्रहालयसहित विकास गर्दै लगिने छ ।
घ) बिर्तामोड १को धिमाल बस्ती पाथिभरा धार्मिक पर्यटक स्थललाई विकास गरिने छ ।
ङ) सहिद नेत्रपार्कलाई पूर्वकै मुख्य पर्यटकीय स्थलको रुपमा पहिचान गरिने छ ।
वनजंगल ः
क) भईरहेका वनजंगललाई संरक्षण गरिनेछ । शहरी वन विकास कार्यलाई जोड दिँदै हरित नगर निर्णय गरिने छ ।
ख) सडक,पेटी,नदी,किनार र खुला क्षेत्रमा वृक्षरोपण गरी हरियाली प्रवद्र्धन गरिने छ ।
व्यापार व्यवसाय
बिर्तामोड नगरपालिकालाई पूर्वकै व्यापारिक केन्द्रविन्दुको रुपमा विकास गरिनेछ । वडा नं. १,३,४,५र ६ लाई व्यापारिक केन्द्रको रुपमा विस्तार गरिनेछ । भइरहेका गरामनी बजार, सैनिक बजार, चैतुबारी बजार र बेलडाँगी बजारलाई व्यवस्थित र विकसित गर्दै लगिनेछ ।
क) व्यापार तथा व्यापारीहरुको सुरक्षा प्रत्याभूति गरिने छ । व्यापार व्यवसायलाई चाबीसै घण्टा सञ्चालन हुने वातावरण तयार गरिने छ ।
ख) दलीय सहभागिताको आधारमा बन्दमुक्त बिर्तामोड निर्माण गरिने छ ।
ग) व्यापार व्यवसायका लागि बाहिरबाट आउने व्यापारीहरुको अभिलेख राख्ने व्यवस्था गरिने छ ।
घ) भारतीय नागरिकहरुले व्यापार व्यवसाय गर्नुपरेमा नगरपालिकामा अनुमति लिने व्यवस्था मिलाइने छ ।
भिजन
“उद्योग, ब्यापार,स्वास्थ्य, शिक्षा, कृषि, र रोजगारको अभिवृद्धि
विर्तामोड नगरको, विकास र सुशासन सहितको समृद्धि”
मिशन
बिर्तामोड नगरपालिकाको उद्योग, ब्यापार क्षेत्रलाई पहिलो, स्वास्थ्य र शिक्षा क्षेत्रलाई दोस्रो, कृषि क्षेत्रलाई तेस्रो प्राथमिकतामा राखी स्रोत साधन परिचालन गर्दै रोजगार सृजना र गरिवी न्यूनीकरणका साथै नगरको सुशासनसहित समृद्धितर्फ अगाडी वढ्न मुख्य मार्गदिशा हुनेछ ।
लक्ष्य
आगामी २० वर्षमा ः–
मानव विकासका तीनवटै सुचकांकमा वृद्धि गर्दै आगामी २० वर्षमा बिर्तामोड नगरपालिका नेपालको मानव विकास सुचकांकमा शीर्ष पाँच स्थानमा रहेको नगरपालिका हुनेछ ।
आगामी ५ वर्षमा ः –
बिर्तामोडबासीहरुको, स्वास्थ्य, शिक्षा, आय र जीवनस्तरमा गुणात्मक सुधार भई निरपेक्ष गरिवी ५ प्रतिशतमा झरेको हुनेछ ।
उद्धेश्यहरु
१) विर्तामोड नगरलाई पूर्वकै औद्योगिक तथा व्यापारिक हबको रुपमा स्थापित गर्ने ।
२) नगरभित्र औद्योगिक, व्यावसायिक र कृषिजन्य वस्तु तथा सेवाको उत्पादन अभिबृद्धि गर्दै वस्तु तथा सेवा निर्यात गर्न जोड दिईने ।
३) माध्यमिक तहमा व्यवहारिक, सीपमुलक प्रविधिमैत्री र वालमैत्री तथा निःशुल्क पठनपाठन गरी शिक्षाको विकास गर्ने ।
४) नगरवासीहरुलाई निःशुल्क गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्राप्त हुने सुनिश्चितता गर्ने ।
५) वालमैत्री स्थानीय शासन, वातावरणमैत्री स्थानिय शासन र प्रविधिमैत्री स्थानीय शासनको, अवधारणालाई पूर्णरुपमा कार्यान्वयन गर्ने ।
६) सीपमुलक,आयमुलक तथा रोजगारमुलक तालिम, प्रविधि र उद्यमको विकास गरी युवा रोजगारीको सिर्जना गर्ने ।
७) सवै खेतीयोग्य जमिनहरुमा सिचाई सुविधा पु¥याई उत्पादनमा वृद्धि गर्ने ।
८) तरकारी अण्डा, दुध, माछा र कुखुराको मासुमा नगर पूर्णत आत्मनिर्भर भई निर्यात प्रवद्र्धन गर्ने ।
९) स्वच्छ खानेपानी, शौचालय, पहुँचमा सबै नगरबासीलाई पु¥याई पूर्ण सरसफाईयुक्त टोल, वडा र नगरको प्रवद्र्धन र विकास गरी युवाहरुमा शारीरिक, मानसिक तथा बौद्धिक विकास गर्ने ।
१०) खेलकुद, संगीत तथा कला साहित्यको प्रवद्र्धन र विकास गरी युवाहरुमा शारीरिक, मानसिक तथा बौद्धिक विकास गर्ने ।
११) नगर तथा वडाको सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही गुणस्तरीय र छिटो छरितो वनाउँदै सुशासन अभिबृद्धि गर्ने ।
१२ ) नगरपालिकाको स्रोत साधन तथा अधिकारको अधिकतम् परिचालन र विस्तार गर्दै आन्तरिक राजस्व अभिवृद्धि गर्ने ।
१३) लैंगिक उत्तरदायी बजेटको अवधारणा आत्मसात् गर्दै महिला तथा बालबालिकाहरुको जीविकोपार्जन सशक्तिकरण, आवाज सशक्तिकरण र विभेदजन्य नीति तथा अभ्यासहरुको परिवर्तन गर्न जोड दिईनेछ ।
नगर गौरवका आयोजना
१. २५ वेडसहितको प्रविधियुक्त नगर अस्पताल निर्माण गर्ने ।
२. बिर्तामोड वडा नं. ६ बुट्टावारीबाट वडा नं. ७ को प्याकुरेल चोक जोड्ने (६.५ कि.मि.) स्मार्ट रोड निर्माण गर्ने ।
३. वि.न.पा. को नाममा रहेको बुधबारे हटिया स्थलमा बहुतले पार्किङसहितको अत्याधुनिक सपिङमल कम्प्लेक्स निर्माण गर्ने ।
४) ५००० दर्शक क्षमता भएको डोमालाल राजवंशी रंगशाला निर्माण गर्ने ।
५) नगरका सवै वडा तथा टोलहरुमा पाइपलाइनबाट स्वच्छ सफा खानेपानी विस्तार गर्ने ।
७) नगर क्षेत्रभित्रको सबै खेतीयोग्य जमिनमा (२५०० हेक्टर) बाह्रै महिना सिंचाई सुविधा पु¥याउने ।
८) वडा न. १ देखि वडा न. ३ सम्म जोड्ने गरी अधुवा खोलाको किनारमा रिभर कोरिडर निर्माण गर्ने ।
९) डिजिटल सेवा प्रवाहको लागि स्मार्ट नगर सेवाकेन्द्र भवन निर्माण गर्ने ।
१०) बिर्ताबजारमा पार्किङसहितको बहुउद्देश्यीय कृषि तथा सामुदायिक भवन निर्माण गरी बजार व्यवस्थापन गर्ने ।
११) बिर्तामोड नगरको १० वटै वडाहरुलाई छुने गरी नगर चक्रपथ निर्माण गरिनेछ ।
योजना निर्माणका लागि नगरप्रमुख पवित्रा महतारा प्रसाईको संयोजकत्वमा समिति गठन गरिएको थियो ।समितिको सदस्यमा वडाध्यक्ष अग्निप्रसाद पाण्डे,किशोरकुमार पौडेल,सूर्यप्रसाद कन्दङवा,कार्यपालिका सदस्य सिता ढुंगाना,यमुना आचार्य र सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने रहेका थिए ।