बिर्तामोड , असार १३ । बिर्तामोडको दुईवटा वडामा राजवंशी समाज विकास समितिको वडा समिति गठन भएको छ ।

सोमबार राजवंशी समाज विकास समिति बिर्तामोड १ र ४ को वडा अधिवेशन सम्पन्न भएको हो । नचानुवारीमा भएको वडा नं १ को अधिवेशनले तेजनारायण राजवंशीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।जसको उपाध्यक्षमा जोगेश्वर राजवंशी , सचिव जशोदा राजवंशी , सहसचिव सविना राजवंशी र कोषाध्यक्षमा मिना राजवंशी रहेका छन् । त्यस्तै सदस्यहरुमा निरा ,रिता , मिना , टुपल ,सुशिला , जनक , तुनसरी , गिता , मनकुमारी राजवंशीलगायत रहेका छन् । वडा समितिका अध्यक्ष झलकसिंह राजवंशीको अध्यक्षता तथा नगर अध्यक्ष जितलाल राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी , सचिव इन्द्रसिंह राजवंशी , राजवंशी समाज विकास समितिका नगर उपाध्यक्ष सुमन राजवंशी , सचिव बालकृष्ण राजवंशी , कोच नेता दिनेश राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष कमलसरी राजवंशीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव जशोदा राजवंशीले गरेका थिए ।

त्यस्तै वडा नं ४ मा पनि वडा समिति गठन भएको छ । सोहनलाल राजवंशीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा अन्जु र कृष्णप्रसाद , सचिव हरिहर , सहसचिव चनसिंह र कोषाध्यक्षमा सृजना राजवंशी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सम्भा , लखनलाल , रमादेवी , अनिशादेवी , गिता , अनिमा , रुद्र , सत्येन , अशोक , धनसिंह र जगतबन्धु राजवंशी रहेका छन् । वडा अधिवेशन सम्पन्न भएपछि असार १८ गते नगर अधिवेशन गरिने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्