बिर्तामोेड , असार १४ । बिर्तासिटी हस्पिटल बिर्तामोडमा ट्रली ब्वायको रुपमा काम गर्दै आएका डिल्लीराम बाँस्तोला सुतेकै ठाउँमा मृत फेला परेका छन् ।

आज बिहान ७ बजेदेखि ड्युटी रहेका गौरादह ३ निबासी ५१ वर्षिय बाँस्तोला सुतेको ठाउँबाट नउठेपछि गएर हेर्दा उनी मृत फेला परेका थिए । उनी हस्पिटलकै परिसरमा रहेको कोठामा बस्दै आएका थिए । ह्रदयघात भएर उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्