झापा , असार १६ । नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसर पारेर सरकारले झापा बिर्तामोडका राजकुमार पोखरेलसहित थप ६३ जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरेको छ ।

उनीहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परिचयपत्र प्रदान गरेका हुन् । यो परिचयपत्र पाउनेमा अभिनेता भुवन केसीदेखि पवन मैनालीसम्म छन् । बोर्डका अनुसार आर्थिक वर्ष २०७३÷७४ को कार्यविधिअनुसार फारम भरेका फिल्मकर्मीलाई परिचयपत्र वितरण गरिएको हो । बोर्डले यसअघि ४० जना फिल्मकर्मीलाई उक्त परिचयपत्र प्रदान गरेको थियो ।
परिचयपत्र प्राप्त गर्ने फिल्मकर्मीहरुको एक लाख रुपैंयाँ बराबरको जीवन बिमासमेत गरिएको छ ।

यी हुन् परिचयप्राप्त गर्ने फिल्मकर्मीहरु
चैत्यदेवी सिंह, मोहनलाल सर्राफ, गौरीशंकर धुजु, नगेन्द्र खड्का क्षेत्री, अर्जुनजंग शाही, रवि गिरी, सानुकुमार ताम्राकार, रिदीचन्द्र श्रेष्ठ, राजाराम पौडेल, सन्तोष पन्त, मञ्जिल श्रेष्ठ, उज्वल घिमिरे, पवन मैनाली, भुवन केसी, सुन्दरलाल श्रेष्ठ, शिव ढकाल, वीरेन्द्रनारायण श्रेष्ठ, किरण केसी, जुजुभाइ महर्जन, जय श्रेष्ठ, मदन घिमिरे, प्रकाशचन्द्र सुवेदी, देशभक्त खनाल, नानीबाबु महर्जन, उत्तम केसी, अर्जुन श्रेष्ठ, गोपालकाजी कायस्थ, राजेन्द्र सलभ, दिनेश डीसी, धीरेन शाक्य,आरपी पन्त, हिमाल केसी, सुशील पोखरेल, भोला रिजाल, दयाराम दाहाल, वनिशविक्रम शाह, नरेन्द्र महर्जन, माधव थपलिया, लक्ष्मणविक्रम बस्नेत, कुलबहादुर महत, उद्धवराज भट्टराई, कमल मैनाली, ज्योतिलाल राना, मनोजकुमार आचार्य, मुकुन्दकिशोर भट्टराई, किशोरकुमार ढकाल, नारायण प्रधान, उत्तम द्वा, शिवहरि वैरागी, चिरञ्जीवी बस्नेत, दीर्घ गुरुङ, लव वैष्णव, मनोजकुमार केसी, केशवप्रसाद पण्डित, रीता राना, सपना श्रेष्ठ, प्रदीपलाल श्रेष्ठ, रामकाजी घिमिरे, विकासराज आचार्य, विजय देउजा, ज्ञानेन्द्र देउजा, मदनमान बज्राचार्य र राजकुमार पोखरेल रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्