हे प्रिय तिमी , कहाँ छौ,
म त मरुभूमिको , बालुवामा छु ।
तिम्रै प्रेमको ,आवश्यकतालाई सजाउन,
फक्रेको मुनाको ,पालुवामा छु ।।

प्रीतले छ छोएको , जुन सपना हाम्रो,
म त्यही सपनाभित्र , हराएको छु ।
जहाँसम्म पुगेका थिए, राधाकृष्णका जोडी,
त्यहाँसम्म पुग्ने अठोट , बनाएको छु।

प्रेमभित्र पाए मैले ,जुन जिउने बाटो,
जोश जाँगर तिमीबाटै , पाएको छु।
गन्तव्यमा हिडदँैछु , लिई त्यो हाम्रो प्रेम,
लक्ष्य सँगै नफर्किने , कसम खाएको छु।।

नडुल्नु धेरै तिमी , त्यो गाउँसम्म,
म त तिम्रै , प्रीतको भरमा छु।
न भुल्नु तिमी , त्यो शीतको हावासँग,
म त तिम्रै बिश्वासको , डगरमा छु ।।

भाग्यले लिँदैछ परीक्षा ,जुन मसँग,
हराएको नसम्झ म , तिम्रै शहरमा छु ।
जसरी छोई बस्छु , यो तिम्रो मुटुसँग,
बिश्वासले सम्झ म , तिम्रै बगरमा छु ।।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्