भद्रपुर, साउन २० । लागूऔषध प्रयोगकर्तालाई निरुत्साहित पार्ने उद्धेश्यले सदरमुकाम चन्द्रगढीमा एकदिने लागूऔषध दुर्व्यसनीसम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएको छ ।

चन्द्रगढी सामुदायिक प्रहरी सेवाकेन्द्रको आयोजनामा शुक्रबार सम्पन्न कार्यत्रममा भद्रपुर १० स्थित विरेन्द्र नमुना क्याम्पस चन्द्रगढीमा स्नातक तह प्रथम बर्षमा अध्ययनरत एक सयबढी छात्रछात्रालाई प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरुप्रसाद तिमल्सिनाले सहजीकरण गरेका थिए । क्याम्पस प्रमुख विवेक पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको औचित्यमाथि बरिष्ठ उपाध्यक्ष बाबुराम कार्कीले प्रकाश पारेका थिए ।

सेवाकेन्द्रका अध्यक्ष दुर्गाप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संंचालन सेवाकेन्द्रकी प्रहरी हवल्दार अमरकुमारी खड्का र प्रहरी जवान मनिषा अधिकारीले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा गणेश पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्