झापा , भदौ ११ । कचनकवल किर्ते नागरिकता काण्डका फरार अभियुक्त बमबहादुर गुरुङ पक्राउ परेका छन् ।

कचनकवल २ बस्ने ५८ वर्षिय गुरुङलाई हिजो प्रहरीले पक्राउ गरेको हो । झुठा विवरण पेस गरी बिदेशी नागरिकलाई गुरुङले नेपाली नागरिकता दिलाउन खोजेका थिए । नागरिकता लिन खोज्ने उनका भतिज धनबहादुर गुरुङ यसअघि पक्राउ परिसकेका छन् ।

त्यस घटनामा तत्कालीन वडाध्यक्ष मेघबहादुर भट्टराईलगायतका जनप्रतिनिधि र कर्मचारी संलग्न भएको पाइएको थियो । तीमध्ये केहीले सफाइ पाएका छन् । झापा जिल्ला अदालतको मिति २०७६ फागुन ११ गतेको फैसला बमोजिम झुठा विवरण पेस गरी बिदेशी नागरिकले नेपाली नागरिकता लिन उद्योग गरेको मुद्धामा उनलाई ६ महिना कैद सजाय तोकिएको थियो । फरार रहेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्