झापा, भदौ २८ । खानेपानीको अभाव भोगिरहेको धरान उप-महानगरपालिकामा श्रमदानमार्फत समस्या समाधानको प्रयास भइरहेको छ ।

धरानका मेयर हर्क साम्पाङले धरानमा पानी ल्याएको भिडियो सार्वजनिक गर्दै सानो प्रयास सफल भएको प्रतिक्रिया दिएका छन् । श्रमदानमार्फत धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि धेरैले मेयर साम्पाङलाई बधाई दिएका छन् । भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ । ३ महिनाको श्रमदानमार्फत ल्याइएको पानी व्यवस्थित रुपले वितरण गर्ने प्रयास भइरहेको मेयर साम्पाङले बताए । सर्दुको पानी जोड्न बाँकी रहेकोले पानीको फोहोरा अझै बढ्ने उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्