बिर्तामोड, असोज १ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित बिर्ताबजारमा मुन्ना ग्रुप प्रालिले विश्वकर्मा पूजाको अवसर पारेर होम डेलिभरीसहितको सजिलो सेवा शुरु गरेको छ ।

प्रालिका सञ्चालक पुष्प भण्डारी र विवेक लिम्बूले बिर्तामोड नगरपालिकालाई लक्षित गरी होम डेलिभरीसहितको घरायसी सवै सामग्री मर्मतको सेवा शुरु गरेका हुन् ।

‘कामलाई कामदार, कामदारलाई काम’ भन्ने मुल नाराका साथ प्रालिले सजिलो सेवा सञ्चालनमा ल्याएको हो । बिजुलीबत्ती, पानीका पाइपलगायतका सम्पूर्ण घरायसी सामग्री मर्मतको सेवा शुरु हो ।
हाललाई बिर्तामोड नगरभित्र इलेक्टिीसियन, प्लम्बर, टायल्स तथा मार्बल फिटिङ, पेन्टर, होम अप्लायन्स रिपेरिङ, क्लिनिङ, फल्स सिलिङ फिटिङ, आइरन ग्रील, एल्मुनियम, राजमिस्त्रीलगायतका सर्भिस अर्धबार्षिक तथा बार्षिक प्याकेजका आधारमा मर्मत गर्ने सजिलो सेवा सञ्चालनमा आएको हो ।

प्रालिले सञ्चालनमा ल्याएको सजिलो सेवाको उद्घाटन शनिवार बिर्तामोड नगरपालिकाका उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले गरेका थिए ।
उद्घाटन कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुन मैनाली, बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी, कम्पनीका इन्ट्रेरियर डिजाइनर अभिषेक अधिकारी, बिर्तामोड–७ का वडाध्यक्ष अबिरल कृष्ण खरेल, नेकपा (एकीकृत समाजवादी) बिर्तामोड नगर अध्यक्ष श्रीप्रसाद सिटौला, महेन्द्र रत्न माविका प्रधानाध्यापक खड्गप्रसाद खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

हाल प्रालिमा २५ जना कर्मचारी रहेको प्रालिका सञ्चालकले जानकारी दिएका छन् । कार्यक्रममा गरामनी कृषि सहकारी संस्थाका अध्यक्ष तारा चापागाई, वडा नम्बर ३ का वडा सदस्य हरि बाँस्कोटालगायतको उपस्थिति रहेको थियो । स्वागत मन्तव्यसहित प्रालिको बारेमा जानकारी साथै कार्यक्रमको औचित्यमाथि प्रालिका सदस्य पुष्प भण्डारीले प्रकाश पारेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी हरि बरालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्