झापा , असोज ४ । कुवेत टावरमा सोमबार साँझ नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरिएको छ ।

नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सव तथा नेपालको संविधान दिवसको अवसर परेर नेपाल र कुवेतको झण्डा सो टावरमा प्रदर्शन गरिएको हो । नेपाली राजदूतावास कुवेतको पहलमा कुवेत सरकार परराष्ट्र मन्त्रालयको सहयोग र समन्वयमा कुवेत टावरमा नेपाल र कुवेतका राष्ट्रिय झण्डाहरूको विद्युतीय प्रदर्शन गरिएको हो । कुवेतको प्रसिद्ध कुवेत टावरमा नेपालको राष्ट्रिय झण्डा पहिलोपटक प्रदर्शन भएको नेपाली राजदूतावास कुवेतले जनाएको छ । नेपाल र कुवेत बीच रहिआएको मैत्रीपूणर् सम्बन्ध आगामी दिनमा थप सुदृढ हुँदै जाने विश्वास पनि दूतावासको रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्