झापा, असोज ५ । रोटरी क्लब अफ बिर्तामोडले कचनकवल गाउँपालिकाका ४ वटा विद्यालयलाई एक–एक थान कम्प्युटर र शैक्षिक सामग्री प्रदान गरेको छ ।

क्लबले आमबारी आधारभूत विद्यालय , नवदुर्गा आधारभूत विद्यालयलगायतका सामुदायिक विद्यालयलाई एक–एक थान लेनोभोका ब्राण्डेड कम्प्युटर सेट र कापी वितरण गरेको हो ।

रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष रोटरियन ओमकृष्ण बिमलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी रहेका थिए । त्यस्तै विशेष अतिथिमा कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई , समाजसेवी श्याम सिटौला रहेको कार्यक्रममा एजी रोटरियन राधिका गुरुङ , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण राजवंशी , कचनकवल ६ का वडाध्यक्ष चिन्तामणि खरेल , ३ का वडाध्यक्ष मेघलाल राजवंशीलगायतको सहभागिता रहेको थियो । सो कम्प्युटर आमबारी आधारभूत विद्यालयका प्रधानाध्यापक रेशमलाल माली ,नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक अनिलकुमार थापालगायतलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजवंशी , विशेष अतिथि उपाध्यक्ष भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
रोटरीयन कुमार गिरीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन रोटरियन सन्ध्या राठीले गरेकी थिइन् । कार्यक्रममा रोटरीयनहरू बबिता गिरी , अशोक धानुक , रोट्रयाक्ट क्लब अफ बिर्तामोडका प्रेसिडेन्ट इलेक्ट बाप्पा शाह , सचिव प्रज्वल बिमली ,आशिष कोइरालालगायतको उपस्थिति रहेको थियो । सो कम्प्युटर रोटरियन टेरी मिकेस्काले सहयोग गरेको जनाइएको छ ।

यसअघि रोटरी क्लब अफ बिर्तामोडले कचनकवल गाउँपालिकालाई करिव ६ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्