बिर्तामोड, असोज ७ । पाँचौ अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा मेची बहिरा संघले बिर्तामोडमा सचेतना र्याली निकालेको छ ।

मेची बहिरा संघको कार्यालयबाट शुरु भएको व्यानरसहितको र्याली मुक्ति चोक परिक्रमा गरी पुनः कार्यालयमै पुगेर समापन भएको थियो । त्यसपश्चात् सहभागीहरुलाई मतदाता शिक्षासम्बन्धी जानकारी दिइएको थियो । मेची बहिरा संघका संस्थापक अध्यक्ष तथा शिक्षक हरिप्रसाद अधिकारीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

कार्यक्रममा करिव ६० जना बहिरा सदस्यहरुको सहभागिता रहेको थियो । विभिन्न कार्यक्रम गरी मनाइएको अन्तर्राष्ट्रिय बहिरा सप्ताह पनि आजै समापन गरिएको अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्