बिर्तामोड, असोज ९ । नेकपा एमालेका जिल्ला सल्लाहकार देवीप्रसाद पोखरेल चारआली जंगलमा मृत फेला परेका छन् ।

बिर्तामोड ४ निवासी ५४ वर्षिय पोखरेल आज विहान मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । शरीरमा कुनै पनि चोटपटक नदेखिएको र शवबाट विषको गन्ध आइरहेकाले आत्महत्या गरेको हुनसक्ने आशंका गरी पोष्टमार्टमका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । मृत पोखरेल नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुशिला संग्रौलाका श्रीमान् हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्