बिर्तामोड , असोज ३० । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरलाई उत्कृष्ट अनुसन्धानकर्ताको रूपमा पुरस्कृत गरिने भएको छ ।

६७ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले देशभरमा भएका प्रहरी अधिकृतहरुको अनुसन्धान कार्यसम्पादनलगायतका विषयलाई अध्ययन गरेर डीएसपी कुँवरलाई पुरस्कृत गर्न लागेको हो ।

उनले अर्जुनधारामा भारतीय नागरिकको हत्यामा संलग्न आरोपीलाई अनुसन्धानको दायरामा ल्याएका थिए । उनलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तम सुवेदीको समितिले उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पुरस्कृत गर्न लागेको हो । कुँवरले संखुवासभाको एकै परिवारका ५ जनाको हत्यामा संलग्न आरोपीलाई समेत पत्ता लगाएका थिए ।कुँवरलाई सोमवार सो पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्