कुमरखोद, असोज ३० । झापा गाउँपालिका–२ स्थित पिछडा उत्थान कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः कृष्णप्रसाद केवरत निर्वाचित भएका छन् ।

संस्थाको शुक्रवार र शनिवार भएको आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले केवरतलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।

त्यस्तै उपाध्यक्षमा विमाकुमारी स्वर्णकार तथा सदस्यहरुमा विनारानी शाह , कमरुल मियाँ , दिलिप सिंह राजपुत, दमयन्ती गणेश , सुजितकुमार गणेश , कुमार गणेश र सन्तोष नारायण दास रहेका छन् । निर्वाचन सम्पन्न गराउन रामकुमार गणेशको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन भएको थियो । समितिमा प्रदिपकुमार गणेश , मिथिलेसकुमार गणेश , कुन्तीकुमारी गणेश र गोपालप्रसाद गणेश सदस्य रहेका थिए।

झापा बजारमा रहेको सामुदायिक रेडक्रसको सभाहलमा संस्थाका अध्यक्ष केवरतको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि झापा गाउँपालिका उपाध्यक्ष अन्जुदेवी थपलियाले उद्घाटन गरेकी थिईन् । संस्थाका अध्यक्ष केवरतले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदन अनुसार संस्थाको शेयर पुँजी ८२ लाख ९८ हजार ५६७ रुपैयाँ रहेको छ भने शेयर सदस्य संख्या २६० रहेको छ । त्यस्तै कुल बचत ४३ लाख ९७ हजार ८१८ रुपैयाँ रहेको छ । संस्थाले आर्थिक वर्ष २०७८–७९ मा कुल आम्दानी १८ लाख ७७ हजार ५१६ रुपैयाँ गरेको थियो भने कुल खर्च ७ लाख ९८ हजार ९३१ रुपैयाँ रहेको छ । सम्पूर्ण खर्च काटेर १० लाख ७९ हजार ४८५ रुपैयाँ नाफा गर्न सफल भएको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका सदस्य प्रदिपकुमार गणेशले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष थपलिया , वडा अध्यक्ष राजकुमार यादव , राजकुमार कोच , सुन्दरलाल गणेशलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन सफिउल्ला अन्सारीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्