झापा , कात्तिक २३ । एसियन राष्ट्र ब्रुनाइले नेपालाई मैत्रीपूर्ण  खेलको प्रस्ताव गरेको छ ।

मैत्रीपूर्ण  खेलको लागि ब्रुनाइले पत्र पनि पठाएको छ । उक्त पत्रको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जवाफ पनि फर्काएको छ । पत्रको जवाफ पनि एन्फाले पठाइ सकेको एन्फा स्रोतले बतायो । ‘केही दिन अघि ब्रुनाइले नेपालसँग मैत्रीपूर्ण  खेलका लागि पत्र पठाएको र उक्त पत्रलाई एन्फाले जवाफसहित पठाएको छ । अब मिति तय हुन बाँकी छ , ’ एन्फा स्रोतले भन्यो । ब्रुनाइ फिफा वरीयताका १९० स्थानमा छ भने नेपाल १७५ औं स्थानमा छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्