झापा , कात्तिक २३ । डोटी स्थित खप्तडबाबा नेशनल पार्क केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर दुईजना बेपत्ता भएका छन् ।

पुर्वी चौकी गाउँपालिका-३ स्थित गैरीगाउँका २ जना बेपत्ता भएको र उनीहरुको खोजी भइरहेको सैनिक प्रवक्ता (सहायक रथी) नारायण सिलवालले बताए । बेपत्ताहरुको खोजीमा नेपाली सेनाको भैरव गणको प्लटुङ्ग अपरेटि वेशबाट उद्धार टिम परिचालन गरिएको छ । ५ जना गम्भीर घाइतेको डोटी अस्पतालमा उपचार हुँदै छ । ३ जना सामान्य घाइते भएका छन् । गए राति ६ दशमलव ६ म्याग्नेच्यूडको भुकम्प जाँदा सो गाउँका ८ घर भत्किएका छन् । घटनास्थलमा टेण्ट र खाद्य सामग्री लगिएको छ । थप राहत र उद्धारका लागि सुर्खेत र धनगढीमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको सैनिक प्रवक्ता सिलवालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्