झापा , कात्तिक २४ । झापाको बुधवारेमा श्रीमानले करुवाले हानेर श्रीमतीको हत्या गरेका छन् ।

आज बिहान ३ बजे बुद्धशान्ति गाउँपालिका वडा न.–१ बुधबारे बजारमा डेरा लिई सुन पसल संचालन गर्दै आएका भारत महाराष्ट्र गुरेली ग्राम पंचायत घर भएका ३२ वर्षिय रघुनाथ गोरडले उनकी श्रीमती २६ वर्षिया सपना गोरडलाई करुवाले हानेर हत्या गरेका हुन् ।

रघुनाथले सामान्य वादविवाद हुँदा पानीखाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए । करुवा प्रहार गर्ने रघुनाथलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्