झापा , मंसिर ८ । झापा क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गर्दै लिङ्देन लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । एमालेसँग चुनावी तालमेल गरी झापा क्षेत्र नम्बर ३ बाट लिङ्देन उम्मेदवार बनेका थिए ।

लिङ्देनले ४० हजार ६६२ मत ल्याएकोमा सिटौलाले ३७ हजार ३८६ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा १ लाख ३१ हजार ४३२ मतदाता रहेकोमा ८९ हजार ६३७ मत खसेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्