झापा , मंसिर ९ । झापा क्षेत्र नं ४ (२) को प्रदेशसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला निर्वाचित भएका छन् ।

नेकपा एमालेको समर्थनमा उम्मेदवारी दिएका राप्रपाका प्रवक्ता सिटौलाले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार एकराज उप्रेतीलाई ३ हजार ९७४ मतले पराजित गरेका हुन् । सिटौलाले १९ हजार ४५ मत ल्याउँदा उप्रेतीले १५ हजार ७१ मतमा चित्त बुझाउनु पर्यो ।

त्यस्तै हाम्रो नेपाल पार्टीका केशव बजगाईले ४ हजार १४२ मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन् । झापा ४(२) मा कूल ४५ हजार १८९ मत खसेकोमा २३११ मत बदर भएको निर्वाचन अधिकृत प्रकाश गौतमले बताए ।योसंगै राप्रपाले झापामा एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य जितेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्