बिर्तामोड , मंसिर १० । धान बोकेको ट्रयाक्टर पल्टिदा आज साँझ बिर्तामोड ९ मा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड ९ कंचन टोलका अन्दाजी ७२ वर्षिय बुद्धराज श्रेष्ठ रहेका छन् । साँझ ६.३० बजेतिर थ्रेसर गरेको धान बोकेर आउँदै गरेको प्र१–०१–००१त ८४८९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिदा ट्रयाक्टरमा सवार धानधनी श्रेष्ठको मृत्यु भएको हो ।

ट्रयाक्टरको ट्रलीमा राखिएको धानमाथि उनी बसेका थिए । घाइते श्रेष्ठलाई उपचारका लागि बिएण्डसी हस्पिटल लाँदालाँदै बाटैमा मृत्यु भएको स्थानीय यज्ञराज श्रेष्ठले जानकारी दिए । घटनापछि ट्रयाक्टर चालक ज्ञानबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्