झापा,मंसिर १० । झापाका केही सामाजिक संस्थाको संयोजन एवम् सूर्याेदय नगरपालिका वडा नं. ७ र रोङ गांउँपालिकाको आयोजनामा इलामको सूर्याेदय नगरपालिका ७ स्थित अम्बोटारमा शनिवार एकदिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

रोटरी क्लव अफ बिर्तामोड मिडटाउन र रोट्रयाक्ट क्लब अफ बिर्तामोडको संयोजन, बीएण्डसी अस्पताल, बिर्तामोड आँखा अस्पताल र नेपाल औषधि व्यवसायी संघको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर गरिएको हो ।
रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोको प्रमुख आतिथ्य तथा सूर्याेदय नगरपालिकाका उपप्रमुख दुर्गाप्रसाद बरालको विशेष आतिथ्य भएको शिविरमा ३ सयबढी सेवाग्राहीले सेवा लिएका थिए ।

शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि स्याङवोले विकट अनि दूरदराजमा आयोजना गरिएको शिविरले स्वास्थ्यको पहुँचमा पुग्न नसकेका नागरिकलाई लाभ पुग्ने बताए ।
उद्घाटन कार्यक्रममा सूर्याेदय नगरपालिका ७ का वडाध्यक्ष एलबी राई, पूर्व अध्यक्ष लेखनाथ खड्का, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका अध्यक्ष सुमन शर्मा जम्मरकट्टेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।


कार्यक्रमका संयोजक जगत शर्मा तिवारी, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका बोर्ड मेम्बर गजेन्द्र पौडेल, सिजर राजभण्डारी, नेपाल औषधि व्यवसायी संघ प्रदेश १ का उपाध्यक्ष नरेन्द्र बराल, रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउन सचिव भिष्म घिमिरे, बोर्ड मेम्बर सन्देश राउत, बिर्तामोड आँखा अस्पतालका नेत्र अधिकृत विनोद दाहाल, बीएण्डसी अस्पतालका भोगेन्द्र पराजुलीलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्