झापा , पुष १ । पोर्चुगल फुटबल महासंघले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त गरेको छ ।

फिफा विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि पोर्चुगलको विश्वकप जित्ने सपना समाप्त भएको थियो । पछिल्लो दुई खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोसको चर्को आलोचना भएको थियो । रोनाल्डोबिना पोर्चुगलले स्विट्जरल्यान्डविरुद्ध उत्कृष्ट जित निकालेको थियो तर मोरक्कोविरुद्ध हार बेहोरेपछि उनको आलोचना भएको थियो । यद्यपी सान्तोसले भने रोनाल्डोलाई नखेलाउने निणर्य गलत नभएको र राजीनामा पनि नदिने बताएका थिए । सन् २०२४ मा हुने युरोपेली च्याम्पियनसिप सम्मका लागि सम्झौतामा रहेका सान्तोसले राजीनामा दिनुपर्ने अवस्था नरहेको बताएका थिए । सान्तोसले हारका कारण टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो र आफू सबैभन्दा बढी दुखि भएको बताएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्