झापा, पुष २४ । हिमाली जिल्ला सोलुखुम्बुमा आपराधिक घटनाको संख्यामा २८ प्रतिशतले कमी आएको छ ।

गत आर्थिक वर्ष २०७८/०७९ को पहिलो ५ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आपराधिक घटनाको संख्या २८.५७ प्रतिशतले घटेको हो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार गत आर्थिक वर्षको पहिलो साउनदेखि मंसिरसम्ममा ९० वटा आपराधिक घटना प्रहरीमा दर्ता भएको थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा ७० वटा घटना दर्ता भएका छन् । चालु आर्थिक वर्षमा सबैभन्दा बढी भवितब्य ज्यान ३३ वटा, आत्महत्या १७ वटा, यौनजन्य ७ वटा, सार्वजनिक हित विपरितका ७ वटा, ठगी र डाका चोरी २-२ वटा, आत्महत्या दुरुत्साहन र ज्यान मार्ने उद्योग १-१ वटा घटना दर्ता भएको प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिलजंग शाहले जानकारी दिए । घटना संख्या घट्नुमा मानिसको चेतनास्तरमा भएको सुधार, प्रहरीको सक्रियता लगायतलाई प्रमुख कारक तत्वको रुपमा लिइएको छ । पछिल्लो समय अपराधिक घटनालाई लक्षित गरेर जिल्लामा प्रहरी युनिटहरुले चलाएको जनचेतनामुलक अभियान र मानिसहरु समेत विस्तारै चेतनशील बन्दै गएकाले घटनामा कमि आएको डिएसपी शाहले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्