झापा , पुष २५ । ई-स्पोर्ट्स प्रतियोगिता पब्जी विश्वकपमा नेपालको टिम डीआरएस उपविजेता बनेको छ ।

इन्डोनेसियामा आयोजना भएको विश्वकपको उपाधि टर्कीको एसटूजीले हात पार्दा नेपालको डीआरएस दोस्रो भएको हो । उपविजेता बनेको डीआरएसले २ लाख अमेरिकी डलर अर्थात् २ करोड ६५ लाख नेपाली रुपैया बराबरको पुरस्कार पाएको हो । डीआरएसको टिममा दीपेश गुरुङ, साहस भण्डारी, सुविनकुमार प्रजापती, समीर गुरुङ र संगीन भट्टराई छन् । नेपालको अर्को टिम टीटूकेले १३ औं स्थान हासिल गरेको छ । टीटूकेले पनि २५ हजार अमेरिकी डलर पाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्