झापा, माघ १४ । आन्तरिक राजश्व कार्यालय र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले अवैध सूर्तीजन्य सामानसहित एक व्यापारीलाई नियन्त्रणमा लिएको छ ।

शुक्रवार मध्यान्ह आन्तरिक राजश्व कार्यालय र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले अनुगमन गर्ने क्रममा भद्रपुर वडा नं. ३ ज्ञानेचोक बस्ने ४७ वर्षिय गंगाराम पुरीले संचालन गरेको पुरी किराना पसलमा बाबा खैनी १०७ किलोग्राम, मडुवा खैनी ५८ किलोग्राम र बिडी ९ पोका गरी अन्दाजी १ लाख मूल्य बराबरको सामान बरामद गरेको थियो ।

ती सामानसहित पुरीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भईरहेको डीएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्