झापा , माघ १८ । सुनसरीको इटहरी उप-महानगरपालिका-६ को कविर माध्यमिक बिद्यालयबाट सोमबार ल्यापटप-२ थान र टि.भी-१ थान चोरी गरी तत्काल फरार भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उप-महानगरपालिका-१५ सुनसरीका २९ बर्षीय गौतम राई रहेका छन् । चोरी गर्ने राईको सि.सि व्यामेरामा चोरी गर्दै गरेको फुटेज कैद भएकोले हुलिया परिपत्र गरी खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो १० बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी गस्ती टोलीले नेपाल भारतको सिमा नजिक सडकमा समानसहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेको राईको ईलाका प्रहरी कार्यालत रानीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्