झापा, माघ २३ । नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेडको अध्यक्षमा युवराज दाहाल निर्वाचित भएका छन् ।

सोमवार भएको दोस्रो साधारणसभाबाट दाहाल सर्वसम्मतरुपमा अध्यक्ष चयन भएका हुन् । साधारणसभाबाट सहकारी संस्थाको ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । जसको उपाध्यक्षमा प्रमोदकुमार शाह , सचिव रविन्द्र भट्टराई , कोषाध्यक्ष जीवनकुमार खड्का तथा सदस्यहरुमा शर्मिला शाक्य , त्रिलोचन सापकोटा , राजेश दाहाल , कृष्णप्रसाद बजगाई , राजकुमार घिमिरे , चित्रबहादुर पोखरेल र आनन्द गुरुङ रहेका छन् ।

त्यस्तै नरेन्द्रप्रसाद गुरागाँई संयोजक रहेको लेखा सुपरीवेक्षण समिति पनि निर्माण गरिएको छ । जसको सदस्यमा खेमराज बस्नेत र लक्ष्मीप्रसाद सापकोटा रहेका छन् । सो संस्थाले बिर्तामोड ४ मा ५० बेडको नागरिक अस्पताल निर्माण गरिरहेको छ । आगामी वर्ष सो अस्पताल निर्माण सम्पन्न हुने नवनिर्वाचित अध्यक्ष दाहालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्