बिर्तामोड , माघ २५ । विगत ७ वर्षदेखि काँकरभिट्टा रोडको प्रभु बैंकको माथिल्लो तलामा सञ्चालन हुँदै आएको तेजस्वी कम्प्युटर सपोर्ट भद्रपुर रोडमा सरेको छ ।

बुधवारबाट फराकिलो भवनमा नयाँ संरचना र सुविधासहित तेजस्वी कम्प्युटर सपोर्टलाई भद्रपुर रोडको माछापुछ्रे बैंक भएको भवनमा सारिएको हो । विगतदेखि सञ्चालनमा रहेको स्थान अपर्याप्त हुने देखेर र एशियन हाइवे निर्माण गर्दा भवनमा पुनःसंरचना गर्नुपर्ने भएकाले आफ्नो व्यवसायको स्थान परिवर्तन गरिएको संचालक कृष्णप्रसाद घिमिरेले बताए ।

बुधबार सेक्युरिटी सर्भिलेन्स हिकभिजनको नेपालका लागि आधिकारिक वितरक म्याक्सिमा मल्टिनेशनल ट्रेडिङका संचालक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनिकुमार तामाङ र बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले नयाँ ठाउँमा सारिएको तेजस्वी कम्प्युटर सपोर्टको रिवन काटेर उद्घाटन गरे । त्यस अवसरमा म्याक्सिमा मल्टिनेशनलको तर्फबाट उक्त कम्पनीका प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारी र संचालक कमल तामाङको समेत उपस्थिति रहेको थियो ।

तेजस्वी कम्प्युटर सपोर्टको व्यावसायिक साझेदारको रुपमा बिर्तामोडमा नै रहेको प्रथम आइटी सिस्टम प्रा.लि. रहेको छ । उक्त कम्पनीले आफ्नो उत्पादन सफ्टवेयर Stock & Inventory Management System -SIMS बाट अनलाइन नै स्टक ब्यबस्थापन गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत लोकप्रिय खनालले जानकारी दिए ।

सेक्युरिटी सर्भिलेन्सको उत्पादक हिकभिजन चाइनाको आधिकारिक बिक्रेताको रूपमा तेजस्वी कम्प्युटर सपोर्ट बिगत ६ वर्षदेखि रहिआएको छ । यो फर्मले नेपालका लागि आधिकारिक राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिको पूर्वाञ्चल प्रतिनिधिको रुपमा काम गर्दै आइरहेको संचालक घिमिरेले बताए । उनले होम एप्लाइन्सेसहरु सान्सुई, पानासोनिक र केन्ट आरओको पनि तेजस्वी कम्प्युटर सपोर्ट आधिकारिक बिक्रेता भएको बताउँदै यहाँबाट सामान खरिद गर्दा कम्पनीले तोकेको ग्यारेन्टी र वारेन्टीमा कुनै फेरबदल नगरिने जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्