झापा , माघ २६ । झापामा जबरजस्ती करणी र चोरी मुद्धाका दुई फरार प्रतिवादी पक्राउ परेका छन् ।


जबरजस्ती करणी उद्योग मुद्धामा फरार गौरादह नगरपालिका वडा नं.३ बस्ने ४५ वर्षिय युवराज भन्ने यामनाथ पौडेल पक्राउ परेका हुन् । झापा जिल्ला अदालतको २०७७ माघ २७ गते भएको फैसलाबिरुद्ध पुनरावेदन परी उच्च अदालत बिराटनगर इलाम इजलासबाट २०७९ बैशाख २१ गते पहिलाको फैसला केही उल्टी भई भएको फैसला अनुसार जबरजस्ती करणी उद्योग मुद्धामा पौडेललाई ३ महिना कैद र रु ३ हजार जरिवाना तोकिएको थियो ।
फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलवार पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ गौरीगञ्ज गाउँपालिका वडा नं. ३ बस्ने ३० बर्षिय सदरकुमार मकरा पक्राउ परेका छन् ।
झापा जिल्ला अदालतको २०७७ माघ २२ गतेको फैसला अनुसार चोरी उनलाई मुद्धामा ६ महिना कैद र रु ५ हजार जरिवाना सुनाइएको थियो ।
फरार रहेका मकरालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरी अदालतको आदेशले कारागार पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्