झापा, माघ २६ । स्रोत नखुलेको ९ लाख २० हजार रूपैयाँसहित विराटनगरबाट बुधबार राति एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका-१९ का ४२ वर्षीय सञ्जीवकुमार साहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार भारतीय मोटरसाइकलमा सवार रहेका साहलाई विराटनगर-१०बाट राति ८ः३० बजेतिर पक्राउ गरिएको हो । कार्कीले बीआर ३८ एन ४९३० नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बरामद भएको बताए । उक्त रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने अनुमान प्रहरीको छ । प्रहरीका अनुसार पक्राउ परेका साहको साथबाट बरामद भएको रकमको स्रोत खुलाउन सकेनन् । बरामद गरेको रकम र नियन्त्रणमा लिएको मोटरसाइकलसहित साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्