झापा , माघ २६ । चलचित्र विकास बोर्डको सल्लाहकार समिति संयोजकबाट नीर शाहले राजीनामा दिएका छन् ।

अहिलेको बोर्ड नेतृत्वले सल्लाहकार समितिसँग सल्लाह नै नलिइ काम गरेको भन्दै उनले शाहले राजीनामा दिएका हुन् । “बोर्डका विभिन्न खालका केही काम भएका छन् । तर, त्यो सल्लाह बमोजिम भएका होइनन् । के निणर्य हुँदै छ भन्ने थाहा भए कम्तीमा आफ्नो राय सुझाव दिन सकिन्थ्यो,” शाहले भने, “के निणर्य हुँदै छ भन्ने थाहै नहुँदा आफ्नो रायसमेत राख्ने अवस्था नभएको स्थितिमा त्यहाँ बसिरहनु मैले उचित ठानिनँ ।” बोर्डले पछिल्लो समय आलंकारिक भूमिकामा सल्लाहकार समितिलाई राख्न खोजेको आफूले महसुस गरेको उनी बताउँछन् । त्यसैले आफू उक्त पदमा बसिरहन नसकेको उनको भनाइ छ । उनले बुधबार पदबाट राजीनामा दिएका हुन् । केही दिन अगाडि मात्रै सल्लाहकार समिति सदस्यबाट रवीन्द्र खड्काले पनि राजीनामा दिएका थिए । उनले पनि बोर्डले एक पछि अर्को विवादित निणर्य गर्दै गएको तर त्यसमा सल्लाहकार समितिसँग छलफल समेत नगरेको भन्दै असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्