बिर्तामोड, माघ २८ । राष्ट्रिय झण्डाको झण्डोतलन गरेर आफ्नो कार्यकाल थालेका सन् २०२३ का लागि वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीले पहिलो दिन नै मानवीय सहयोग गरेका छन् ।

विगतमा दुर्गा मावि गरामनीलाई करोडौंको जग्गा दान दिएर अहिले विचल्लीमा परेका जग्गादाता स्वर्गीय उजारु राजवंशीको परिवारका लागि घर निर्माणमा उनले सहयोग गरेका हुन् ।वीरता जेसीजले बिर्तामोड ९ का राजवंशीको घर निर्माणका लागि २१ हजार १५ रुपैयाँ सहयोग गरेको हो । राजवंशीको घरमै पुगेर वीरता जेसीजका अध्यक्ष चौधरी , नेपाली कांग्रेसका नगर सभापति भोजराज सिटौलालगायतले सो रकम स्व. उजारुकी श्रीमती चम्पा राजवंशी र भवन निर्माण समितिका संयोजक कृष्ण पाठकलाई हस्तान्तरण गरेका थिए ।

अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर सभापति सिटौला , भवन निर्माण समितिका संयोजक पाठकलगायतले मन्तव्य राखेका थिए । वर्तमान र निवर्तमान समितिको संयुक्त बैठकले स्व. उजारुको घर निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको कार्यक्रम संयोजक तथा कार्यकारिणी उपाध्यक्ष टीकाराम खतिवडाले बताए । महासचिव जनक खड्काले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्यसहित खतिवडाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा आस्था वाचन तथा धन्यवाद ज्ञापन कानुनी सल्लाहकार एलसी श्रेष्ठले गरेका थिए ।

करिव ५ लाख रुपैयाँको लागत तीन कोठे पक्की घर बनाइदिन लागेको उजारु राजवंशी भवन निर्माण समितिका सदस्य इन्द्रसिंह राजवंशीले बताए । घर निर्माणका लागि विभिन्न दाताहरुले सहयोग गर्ने बचन दिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्