झापा, माघ २९ । काँकरभिट्टाको मेची पुलमा ब्राउनसुगरसहित दुई पक्राउ परेका छन् ।

आइतवार दिउँसो ४ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं. ६ पुरानो मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका वडा नं.६ बस्ने ३३ वर्षिय शिव श्रेष्ठ प्रधान र ३३ वर्षिय बिजय तिवारीलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट १ ग्राम ब्राउनसुगर फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्